काठमाडौं । मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउण्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ५ लाख वित्तिय सहयोग गरेको छ ।
सहयोग मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसीताराम कट्टेल (धुर्मुस)लाई हस्तान्तरण गरेका छन् ।