भारतको संसदमा दोश्रो पटक निर्वाचित नरेन्द्र मोदी सरकारले पहिलो पटक आज वजेट पेश गर्दैछ । नयाँ अर्थमन्त्री निर्मला सितारामणले आजको संसद वैठकमा वजेट पेश गर्न लागेका छन् ।
यसपटक वजेट होइन वहि खाता पेश गर्ने वताइएको छ । ब्रिफकेसमा राखेर वजेट कपि लगी संसद वैठकमा पढेर सुनाउने चलनको सट्टामा यसपाली वहि खाता लगिने वताइएको छ । आय व्यय र योजना तथा नीति समेटिएको विवरणलाई यसपाली हाते कागजलाई धागोले सिलाइएको र चारपाटे रातो कपडाले मोडिएको वहि खाता लिएर अर्थमन्त्री संसदमा जाने वताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख आर्थिका सल्लाहकार कृष्ण मूर्ति सुब्रमन्यमले यसलाई पश्चिमा विचारको दासत्ववाट मुक्तिको संज्ञा दिएका छन् ।
सन् २०१९ को पहिलो ३ महिनामा भारतको आर्थिक वृद्धि दर ५.८प्रतिशत मा झरेको थियो । यो भनेको गत ५ वर्षको सवभन्दा कम हो । यसले गर्दा आर्थिक वृद्धिकोलागि ठोस उपायहरुको घोषणा हुने अपेक्षा गरिएको छ । साथै चुनावमा गरिएका वाचाहरुवारे पनि यस वजेटमा केही न केही घोषणा हुने अपेक्षा गरिएको छ ।
भारतीय वजेटले नेपाली अर्थतन्त्रलाईै पनि कयौं क्षेत्रमा प्रभाव पार्ने गर्दछ । त्यसैले नेपाली अर्थशास्त्रीहरु तथा उद्योग व्यवसायीहरुले भारतीय वजेटलाई नजिकवाट केलाउने गर्छन् ।