काठमाडौ, अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय ध्वजावहाक नेपाल वायु सेवा निगमलाई डुब्नबाट जोगाउने विकल्पको खोजी भइरहेको जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत प्रधानमन्त्रीको कार्यालय, पर्यटन मन्त्रालय लगाएतका शीर्षकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री खतिडाले यस्तो बताउनुभएको हो । उहाले सरकारले धेरै यात्रु बोक्नकै लागि नेपाल वायु सेवा निगमका लागि दुई वाइडबडी जहाज भित्र्याएको बताउँदै गन्तब्यको खोजी भइरहेको बताउनुभयो । मन्त्री खतिवडाले नेपाल वायु सेवा निगमको बेथिति बर्तमान सरकारले नभित्र्याएको दाबी गर्नुभयो । उहाले पर्यटनबर्षका लागी केन्द्रका साथै प्रदेश र स्थानीय सरकारबाट पनि बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।
सरकारले हवाई पुर्वाधारको रणनीति बनाउन लागेको र सोको आधारमा अन्तराष्ट्रिय, क्षेत्रिय र आन्तरिक उडानका लागि विमानस्थल बनाउने उहाले जानकारी पनि दिनुभयो ।
मातहतका निकायलाई प्रधानमन्त्री कार्यालयमातहतमा राखिदा त्यसको प्रभावकारीता बढ्दै गएको जानकारी पनि दिनुभयो । v