बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोग सम्बन्धी बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुलाई उक्त सपथ ग्रहण कार्यक्रममा आमन्त्रण गरिएको छ । बिमस्टेकमा भारत सहित नेपाल, बंगलादेश, भुटान, म्यान्मार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।
सपथ कार्यक्रममा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति यू वीन मिन्ट, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका विशेष दूत सहभागी हुने कार्यक्रम छ । साथै किर्गिजस्तानका राष्ट्रपति सूरोन्बे जीन्बेकोभ पनि सहभागी हुने भारतको विदेश मन्त्रालयले जनाएको छ । सत्तारुढ भारतीय जनता पार्टीका विदेशमा रहेका मित्रहरु पनि सपथ कार्यक्रममा सहभागी हुँदैछन् ।रासस-एएनआई




















