काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ बराबरको बजेट संसदमा पेश गरेको छ ।
संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को लागि वार्षिक आय–व्ययको अनुमान (बजेट) पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेका हुन् ।
चालू खर्चतर्फ ९ खर्ब ५७ अर्ब अर्थात् ६२ प्रतिशत तथा पूँजीगततर्फ ४ खर्ब ८ अर्ब अर्थात् २६ प्रतिशत छुट्याइएको छ । वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ६७ अर्ब अर्थात् ११ प्रतिशत बजेट छुट्याइएको छ ।