काठमाडौं- नेपाल टेलिकमले नेपाललाई सञ्चार तथा सूचना प्रविधिको महामार्गमा जोड्न सोमबारदेखि मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको सुरुवात गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताउनुभएको छ । धादिङको गल्छीमा आज मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
“जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रष्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “देश विकासको गति दुई गियरमा छ भने तीनमा पु¥याउछ । तीनमा छ भने चारमा पु¥याउछ ।”
प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथर देखि अन्तिम विन्दु बैतडीसम्म सुचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताउनुभएको छ । “हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सुचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ । ”
प्रधानमन्त्री ओलीले सरकारले विकास,शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको बताउनुभएको छ । “सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ ” प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक बृद्धिदर यसै बर्ष भएको बताउनुभएको छ । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “हामी केही बर्ष भित्रै नेपाललाई तिव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश- १को ५ सय ४६ किलोमिटरका लागि कोरियाको एलएस केबुल कम्पनीले जिम्मा लिएको छ भने प्रदेश-२को १ हजार २८ किलोमिटरको काम आरोग्य कन्स्ट्रशन नेपाल र चाइना रेल्वे र चाइना फ्युलले संयुक्त रुपमा जिम्मा लिएको छ।
यसैगरी प्रदेश-३ को ५ सय ५५ किलोमिटर फाइबर बिछ्याउने काम हङकङको सीसीएसआइ अर्थात चाइना कम्युनिकेशन इन्टरनेशनलले गर्ने भएको छ।
यसका साथै फाइबर जोड्दा पाँच वटा भौतिक पूर्वाधारहरु चाहिन्छ जसका लागि डीडब्लूडीएम उपकरणका लागि हङकङको सीसीएसआइसँग सम्झौता भएको छ भने राउटरका लागि सिंगापुरको सीटीएस कम्युनिकेशनसँग सम्झौता गरिएको छ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत पुर्वको पाँचथर जिल्लाको चियो भञ्ज्याङदेखि पश्चिमा पर्ने गोर्खा र धादिङको सीमाना आरुघाटसम्म अप्टिकल फाइलब बिछ्याउन नेपाल टेकलिम र नेपाल दूरसञ्चार प्राधिकरणबीच २०७३ असोज १२ गते सम्झौतामा हस्ताक्षर भएको थियो।
सो सम्झौता अनुसार मध्यय पहाडी लोकमार्गका उल्लेखित ठाउँहरुमा अप्टिकल फाइबर विस्तार गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूर सञ्चार विकास कोषमार्फत नेपाल टेलिकमलाई उपलब्ध गराउनेछ।