काठमाडौं । लुम्विनी क्षेत्रको पर्यटन विकासमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको परिवारले ५ करोड लगानी गर्ने भएको छ । भिक्षुलाई ध्यान गर्न र आवासको समेत व्यवस्था हुने गरी स्वर्गीय व्यवसायी शेर्पाको नाममा परिवारले आधुनिक गोन्पा निर्माण गर्न लागेको हो ।
१४ रोपनी क्षेत्रमा निर्माण गरिने गोन्पा भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिलान्यास गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको हवाइ, होटल र पर्यटन क्षेत्रमा शेर्पाको अतुलनीय योगदान रहेको बताए ।