डोटी,जिल्लामा लामो समयदेखि काम गर्दै आइरहेका ग्रामीण विकास सेवा केन्द्र (आरडिएससी) नामक संस्थाले यहाँका सात स्थानीय तहलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ ।
उक्त सामग्री युकेएडको आर्थिक सहयोगमा सञ्चालित अनुकूलन–एक्स÷ब्रेस्ड परियोजनाले उपलब्ध गराएको हो । विपद् व्यवस्थापन सामग्री पाउनेमा दिपायल सिलगढी र शिखर नगरपालिका तथा आदर्श, सायल, बडिकेदार, पूर्वीचौकी र जोरायल गाउँपालिका छन् । संस्थाले सञ्चालन गरेको परियोजना क्षेत्रभित्रका स्थानीय तहलाई उक्त सामग्री हस्तान्तरण गरेको ग्रामीण विकास सेवा केन्द्र (आरडिएससी) का उपाध्यक्ष भरतबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “परियोजना सञ्चालन गरिरहेका स्थानीय तहमा विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेका छौँ, अन्य स्थानीय तहमा पनि क्रमिक रुपमा हस्तान्तरण गर्ने योजना छ ।”
हस्तान्तरण गरेका विपद् व्यवस्थापन सामग्रीमा प्रत्येक स्थानीय तहलाई पाँच फोल्डिङ स्ट्रेचर, चार स्लिपिङव्याग, तीन म्याट्रेस, दुई प्राथमिक उपचार किट बक्स, दुई जोडी हातेपञ्जा, एक अग्नि नियन्त्रक यन्त्र र एउटा हेडलाइट रहेको ग्रामीण विकास सेवा केन्द्रका अनुकूलन अधिकृत राजेश शर्माले जानकारी दिनुभयो ।
विपद्का बेलामा खोज तथा उद्दार गर्न सघाउ पु¥याउने उद्देश्यले झण्डै आठ लाख पाँच हजार बराबरको लगानीमा उक्त सामग्री प्रदान गरिएको अनुकूलन–एक्स÷ब्रेस्ड परियोजनाका कार्यक्रम संयोजक सुमन बलायरले बताउनुभयो ।
सो परियोजनाले लामो समयदेखि विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुसार अनुकूलन, कृषि, लघुवित्तिय क्षेत्र एवं पोषण र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । सन् २०१५ देखि डोटीमा सञ्चालन भईरहेको उक्त परियोजना आगामी जुन महिनादेखि समाप्त हुने जनाईएको छ । पराधिक घटना घटाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।रासस