काठमाडौँ, गर्मी मौसम बढेसंगै तिर्खा मेटाउन चिसो पानी पिउने बानी धेरैको हुन्छ तर धेरै चिसो पानी पिउनु शरीरका लागि नराम्रो असर पर्न सक्छ ।
गर्मी मौसममा प्राय फ्रिजमा राखिएको पानी पिउने चलन हुन्छ यसले शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गरीरहेको हुन्छ ।
यसका बेफाइदाहरु
फ्रिजमा राखेको चिसो पानी तथा बरफहरुको सेवन गर्नाले मुटुको धड्कनमा असर पार्छ यसले स्नायुतन्तुलाई उत्तेजित गराइदिन्छ र मुटुको गति कम हुने गर्छ । धेरै चिसो पानी पिउनाले रक्तनलीहरु खुम्चिन्छन् जसले शरीरको पाचन प्रक्रियामा असर पार्छ । यसले खानेकुरा राम्रोसंग पच्दैन र आवश्यक मात्रामा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।
धेरै चिसो पानी पिउनाले घाँटीमा असर गर्छ । यसले घाँटीका मांशपेशी तथा कोशिकाहरुमा असर पर्नुका साथै संक्रमणको खतरा हुन्छ । चिसो पानी पिउनाले शरीरमा अनावश्यक रुपमा उर्जा खर्च हुन्छ जसले खानेकुरामा भएका पोषक तत्व शरीरले सबै प्राप्त गर्न सक्दैन । विशेषज्ञका अनुसार खाना खाएपछि चिसो पानी पिउँदा घाटा हुन्छ । तातो खाना खाए लगत्तै चिसो पानी खाँदा तैलीय पदार्थ जम्न थाल्छ यसले पाचन प्रणाली प्रभावित हुन्छ । खाना खाएपछि तातो पानी पिउनु राम्रो हो ।



















