एनआईसी एशिया बैंक लिमिटेडले “समृद्ध नेपाल सुखी नेपाली बचत खाता”संचालनमा ल्याएको छ ।
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “समृद्धसँग जोडौनाता : सबै नेपालीको बैंक खाता” भन्नेनारा सहित “खोलौ बैंक खाता अभियान २०७६” अभियानमा संचालन गर्दै बैंकले “समृद्धनेपाल सुखी नेपाली बचत खाता”संचालन गरेको हो।
२०७६ वैशाख १ गते देखी लागु हुने उक्त बचत खाता खोल्नुहुने प्राकृतिक व्यक्तिहरुलाई बैंकले एक सय नगद खातामा जम्मा गरिदिने छ।
बैंकले मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।