काठमाडौँ नेपाल उधोग वाणिज्य महासंघका कोषध्यक्ष निर्वाचित भएको कार्यकाल सकिन लाग्दा आफ्नो कर्तुतहरुको ढाकछोप गर्नका लागि उनले महासंघबाट एक महिना अगाडि राजिनामा दिएका थिए । उनको नैतिकतामाथि प्रश्न चिन्ह उठेपछि कार्यसमितिले अविश्वासको प्रस्ताव दर्ता गराउनु पूर्व नै राजिनामा दिएर पानी माथिको ओभानो हुन खोजेको देखिन्छ । उनले राजिनामा दिदाँ भ्रष्टचार र बेरुजी बढ्यो भनेर भनेका छन् । तर महासंघको विगतदेखि अहिले सम्म कुनै पनि कार्यसमितिले भ्रष्टचार नगरेको र पारदर्शी ढंगले काम गरेको दावी गरेको छ । त्यसमा सिङ्गो कार्यसमिति प्रष्ट छ । ज्ञानेन्द्रलाल प्रधानको राजिनामा पनि सर्वसम्मत रुपले कार्यसमितिले स्वीकृत गरेको थियो ।
ज्ञानेन्द्रलाल प्रधान आफुले गरेको अनियमीतता र महासंघको गोप्य दस्तावेजहरु बाहिर ल्याएर महासंघलाई कमजोर र बदनाम बनाउने खेलमा प्रधान लागेका छन् । उनले यो सबै काम यहि चैत्र अन्तिम साता हुन गईरहेको महासंघको निर्वाचनलाई ध्यानमा राखेर यस्ता खालका अनैतिक र जनमानसमा भ्रम फैलाउने खालका गतिविधि गरेको हुनसक्छ । एक त उनी विगतदेखि नै विवादित पात्र हुन् । हाइड्रोको नाममा कर्जा निकालेर घर जग्गा दलालीको काम गर्दै आएका छन् भने अरु व्यक्ति र संस्थाहरुलाई बैंकबाट कर्जा मिलाएर कमिसन खाने गर्दछन् । बन्दीपुरका कपडा ब्यापारी हुदै नेपाल उधोग वाणिज्य महासंघको कोषध्यक्ष सम्म हुन पुगेका प्रधानलाई कोषाध्यक्ष पद बोकाको मुखमा कुभिन्डो भन्ने उखान चरितार्थ भएको छ ।