स्याङ्जा, भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले युवालाई विदेश पठाउन नहुने बताउनुभएको छ ।
मन्त्री अर्यालले युवाहरुलाई विदेश पठाउने होइन नेपाललाई विदेशी युवाको आकर्षणको थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । मन्त्री अर्यालले आधिखोला गाउँपालिकाको वडा नम्बर २ र ५ जोड्ने भैरवकुण्ड मोटरेवल पुलको शिलन्यास गर्दै प्रत्येक घरका एक जना सदस्यलाई रोजगारी दिने उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिएको बताउनुभयो ।
पाँच वर्षमा जनताले देख्ने गरी समृद्धितर्फ देश अगाडि बढ्ने बताउँदै अहिले एक वर्षमै सरकारको समृद्धिको योजनाको मुल्याङ्कन गर्ने बेला भई नसकेको बताउनुभयो ।