उपप्रधानमन्त्री ईश्वर पोखरेल सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा प्रशासन प्रमुखको समन्वयमै शनिबार बाराका कार्यक्रममा सहभागी हुनुभएको उहाँको सचिवालयले स्पष्ट गरेको छ ।
रक्षामन्त्री पोखरेल नेपाली सेनाको ‘प्रतिविद्रोेह तथा जङ्गल वारफे्यर शिक्षालय’ बारा (अमलेखगञ्ज) मा निरीक्षणका लागि जानुभएको थियो । त्यहाँको निरीक्षणपछि उहाँले बारा सदरमुकाम कलैयामा जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकाय तथा विभिन्न सरकारी कार्यालयका प्रमुखसँग जानकारी लिई आवश्यक निर्देशन दिनुभएको थियो ।
उहाँ सवार हेलिकप्टर कहाँ अवतरण गर्ने÷गराउने, त्यहाँ पूर्वनिर्धारित कुन कार्यक्रम थियो भन्ने विषय त्यहाँकै जानकारी तथा जिम्मेवारीको विषय भएको उहाँका प्रेस संयोजक लोकेन्द्र केसीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।