नेपालको राष्ट्रिय दिवस (संविधान दिवस) का उपलक्ष्यमा कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले स्वागत समारोह आयोजना गरेको छ ।
सो अवसरमा सहभागीलाई स्वागत गर्र्दै महावाणिज्यदूत एकनारायण अर्यालले निर्वाचित संविधानसभाले विसं २०७२ मा सङ्घीय प्रजातान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी नेपालमा एकात्मक राज्य व्यवस्थाबाट सङ्घीय राज्य व्यवस्थाको स्थापना भएको र वर्तमान सरकारले ‘समृद्ध नेपाल खुशी नेपाली’ नाराका साथ व्यापार एवं पर्यटन प्रवद्र्धन नीति ल्याएको उल्लेख गर्दै नेपालमा लगानी गर्ने वातावरण भएकाले जलशक्ति, पर्यटन, प्रविधि र व्यापार क्षेत्रमा लगानी गर्न सबैलाई आह्वान गर्नुभयो ।
पश्चिम बङ्गाल सरकारका अतिरिक्त सचिव देवाशीष सेनले सांस्कृतिक, भौगोलिक र प्राकृतिक मनोरमताले भरिपूर्ण नेपाल पर्यटकीय गन्तव्य भएको बताउनुभयो । कार्यक्रममा कोलकातास्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारी, प्रहरी अधिकारी, कोलकाता पोर्ट ट्रष्ट, भन्सार, कार्गो ह्याण्डिलका प्रतिनिधि, लगानीकर्ता, सञ्चारकर्मी, नेपाली समुदायका प्रतिनिधि एवं नेपाली तथा विदेशी व्यक्तित्वको सहभागिता थियो । (रासस)