– राजेन्दप्रसाद पाठक
काम क्रोध लोभ मोह आदिबाट निवृत्त नभईकन नत कोही समृद्घ हुन्छ नत कोही मुक्त नै हुन्छ । यही कुरालाई हाम्रो सनातन धर्मले समेत बडो रोचकतापुर्वक ब्याख्या गरेको छ । जीवात्मामा अन्र्तनीहित यि चार चिजहरु नै मोक्षका वाधक हुन । माथी उल्लेखित आचरणहरु सामान्य जीवात्मामा अनिवार्य रुपमा लागु हुन्छन् । यसलाई आहार , निन्द्रा , भए र मैथुन आदि चार गुणका रुपमा समेत उल्लेख गरिएको छ । यिनै बिषय भोगमा नै सामान्य प्राणीहरु रुमल्ली रहने हुन । यत्ती मध्य मानव चाँहि यस्तो प्राणी हो जस्का यि चार गुणहरुका अलावा अरु थप एक गुण हुन्छ यसैका कारण मात्र मानव वास्तवमा मानव भएको हो । त्यो थप गुण भनेको चेतना हो । त्यसैले मानव चोलालाई चैतन्य चोला भनिएको हो । जस जस भित्र चैतन्यता हुन्छ त्यस भित्र पूर्ण रुपमा मानविय संम्वेदना अन्र्तनिहित हुन्छ । यदि त्यो हरायो भने मानव समेत दुई खुट्टे पशु शिवाय अरु केही पनि होईन भन्ने सनातन धर्मको आसय हो ।
राजनीति त्यस्तो विशुद्घ समाजसेवा हो जसको शुद्घता मापन गर्न नै सकिंदैन । यसलाई मन मस्तिष्क देखी नै शुद्घीकरण गरिनु पर्दछ । यसका लागि सहभागी ब्यत्तित्व भित्रै शुद्घ पार्ने नैतिक चरित्र हुनु जरुरी छ । अन्यथा यसमा अरुको हस्तक्षेपले मात्र टिकाउ नहुन पनि सक्दछ । कसैका लागी प्रतिशेध विसर्जन गर्ने साधन नबनोस भन्ने नै यसको मुख्य आसय हो । नेपालको दलिय राजनीतिलाई बिवेचना गर्दा नेपाली कांग्रेस नै अग्रपंक्तिमा उभिएको हुन्छ । किन भने यसको अगुवाईमा नै अन्य दलहरु जन्मिएकोमा कसैबाट अतिशयोक्ति नठानिएला । त्यसैले केही राणा परिवारका सदस्यहरु पारिवारीक प्रतिशोधको विशर्जनका खातिर यसमा समावेश भएको पनि हुन सक्दछ । तर यस दलमा लाग्ने अधिकाँश नेता तथा कार्यकर्ताहरु सबैजसो बाबु बाजेलाई राणाशाहीले दिएको पद प्रतिष्ठाको बेवास्था गरेर खाई पाई आएको गाँस नै त्यागेर नागरिक स्वतन्त्रताका खातिर उभिएका थिए । यसका धेरै उदाहरणहरु होलान् । यसलाई आजको आलेखमा नाम उल्लेख नगरीएता पनि यो नै वास्तविक यथार्थ हो । त्यती बेला जो राजनीतिमा होमीएका थिए ति सबै निष्ठाको राजनीतिमा नै होमिएका हुन् । संम्पुर्ण मानविय स्वतन्त्रता र मानविय संवेदनाको रक्षार्थ उभिनु नै राजनीतिज्ञको धर्म थियो । त्यत्तीबेलाको राजनीति भित्र चेतना र नैतिकता दुबै थियो भन्दा फरक पर्दैन । सामान्य भन्दा सामान्य स्तरको कार्यकताहरुसंग समेत उच्च नेतृत्वले नै डिल गर्न पाउने ब्यावस्था मिलाईएको थियो । तर त्यो आज आएर हराई सकेको छ । आजभोली राजनीतिज्ञहरु मध्य बिषेश गरी कांग्रेसकाहरु बढी भन्दा बढी यस काममा सहभागी भएको पाईएको छ । तर यस्ताहरुमा अरु दलका समेत छन् भन्नेमा दुईमत भने छैन । धेरैजसो कार्यकर्ता र जनता लेवलको गुनासो नै के छ भने नेताहरु परिवारका अरु सदस्य लगायत अन्य बाहिरी कथित सहयोगी वा सल्लाहकारका नाममा घेरी रहेका बिचौलीया तत्वहरुबाटै समस्या समाधान होस् । धेरैले आफुलाई टोकेसो नगरुन भन्ने खालका नेताहरुबाटै आज यस्ता दलहरु जनस्तरबाट बाहिरीएका छन् जसका कारण असल चरित्र भएका नेताहरुले समेत आफुलाई यसै भित्र बाध्यतावस समावेश हुनु परेको महसुस गरी रहेका छन् । संघर्ष भन्दा विरासतबाट कुनै पनि चिज प्राप्त हुन्छ भने त्यस्ता चिज बस्तुको महत्व प्राप्त गर्नेले बुझ्दैन । आज आएर कांगे्रसका पुराना संघर्ष गर्ने पुस्ताको प्राय सबै जसो अस्ताई सके बाँकी भएका उच्च पदस्तलाई विरासत प्राप्त भएको छ । जनस्तरका कार्यकर्ताहरु समेत बाबु बाजे लागेकै पार्टीमा लागेकाछन् । उनिहरुले समेत चेतनाले उत्कर्षमा पुगेर राजनीतिलाई स्विकारेका होईनन् । यती मात्र होईन बिषेश गरी काँग्रेसीहरुलाई एउटा भ्रम पनि रहेछ नेपालमा अरु लोकतान्त्रीक पार्टी जन्मीएकै छैन आँखिर लोकतन्त्र बचाउने ठेकेदार जनता मात्रै हुन सोही लोकतन्त्र बचाउनकै लागी पनि हामीलाई बाहेक अरुलाई भोट दिने कुरै भएन । आँखिर विदेशी राष्ट्र«हरुले समेत जेसुकै अवस्था रहे पनि हामीलाई नै स्विकार्न बाध्य हुने नै छन् । यसैका आधारमा पनि चुनाव हाम्रा लागी मात्र अनुकुल भैरहन्छ भन्ने भ्रमले समेत कुत्कुत्याएको थियो भन्नेको रायले यतीबेला राज गरिरहेको छ । जनताले कुनै पनि हालतमा विकल्प पाउने अवस्था नदेखेर नै उनिहरु जनप्रेमी बन्न रुचाएका थिएनन् । उच्च ओहदामा विराजमान हुनेहरु त धनप्रेमीनै बन्दै गैरहेका थिए । यती मात्र होईन कार्यकर्तालाई बँधुवा मजदुरको हालतमा राखी राख्न चाहने उच्च नेतृत्वको सोचले समेत आजको अवस्था श्रृजना भएको हो भन्नेको पनि कमी छैन । लगातार तेश्रो , चौथो पुस्ता सम्मनै विरासत नै हावी हुने कुराको ठहर गर्न कार्यकर्ता सक्षम भएका रहेछन् भन्ने भनाईहरु समेत जताततै बाहिरी सकेको छ । यसरी कार्यकर्ता स्तरमा आएको चेतनाले अब सबै कार्यकर्ता वा जनता संमृद्घ हुने तर्फ होईन बृद्घ हुने तर्फ उन्मुख छौं भन्नेमा समेत निक्र्योल भएको अवस्थाले समेत ब्यूंझाएको पाईयो । युवामैत्री तथा परिवर्तनकारी सोचलाई भन्दा सैद्घान्तीक गन्थनमा नै अल्झिरहने यथास्थितीवादी सोचले समेत काँग्रेसलाई गाँजीरहेको हुनु पर्दछ । त्यती मात्र होईन योगदान वलिदानलाई भन्दा द्रव्य दान ……… दानलाई नै मुख्य प्रश्रय दिनेहरुले समेत काँग्रेसलाई यो अवस्थामा ल्याएका हुन भन्नेहरुको आवाजले समेत प्रश्रय पाएको छ । बाहिर लोकतन्त्रको हवाला दिने पार्टीले आन्तरीक स्तरमा लोकतान्त्रीकरण समेत गर्न नसकेको हो भन्नेको पनि जमात बलियो छ ।
काम वासनामा अति लिप्त भएकाहरु महिला आगन्तुक भेट गर्न आउनासाथै केही गोप्य छ ? भनेर आसय कामुकता प्रदर्शन सबैका सामु प्रकट गर्न समेत पछि पर्दैनन् भन्ने कुरा देख्ने सुन्नेहरु आजभोली उब्जाउन थालेकाछन् । त्यती मात्रै होईन आफुले भने बमोजिमको कार्यकर्ता लेवलबाट सहमती जनाईएन वा होईन भन्ने खालको प्रतिकृया जनाई हाल्यो भने क्रोध वा रिस देखाउन समेत पछि पर्दैनन् । त्यती मात्र कहाँ हो र उनिहरु लोभले समेत भरिएका छन् । आफुलाई कुनै पनि किसिमको आर्थिक वा अन्य किसिमको फाईदा हुने थाहा पाईहाले भने जस्तोसुकै अवस्थालाई समेत सम्झौता गर्न उनिहरु पछि परेका हुँदैनन् भन्ने आम जनताको गुनासो रहीरहेको छ । यी सबै किसीमका मोहहरुलाई त्याग गर्न नसक्दाको परिणाम आज कांग्रेस लगायतका अन्य पार्टीहरुले भोग्दै आएका छन् ।
दलीय राजनैतिक चरित्र लगायत , आवधिक निर्वाचन स्विकार गर्ने प्रणालीलाई आत्मसाथ गरी सकेपछि समेत उनिहरु आफुलाई पद र प्रतिष्ठामा स्थाईत्व दिलाउनका लागी जुन जुन हर्कतहरु गरीरहेका हुन्छन् । यसले उनिहरुको साखलाई जोगाउन सकेको छैन । यस्ता हर्कतले उनिहरुलाई अझै गाली रहेको छ । यही कृयाकलापले देश , जनता र कार्यकर्ताको स्तरमा संमृद्घता नभएर बृद्घता मात्र प्रदान गर्न सफल भएका छन् । यसका लागी समेत कांग्रेसको उच्च नेतृत्व नै हावी भैरहेको छ । चाहे जुनसुकै प्यानल भनुन् उनिहरु भित्र मनाविय संवेदना अत्यन्तै कमजोर भैसकेको छ । मै खाउँ मै लाउँ सुख सयल वा मोज म गरुँ । मै बाचुँ मै नाचुँ अरु सब मरुन दुर्वलहरु , भनी दा–हा्र धस्न्या अबुझ शठ देखी छक परि , चिता खित्का छाडी अभय सित हाँस्यो मरी मरी । यस्ता अबुझ मुर्खहरु देखी काल हाँस्छ , जो आफ्नै लागी मात्र जीवन भरी लागी पर्दछ भन्ने नितीको भनाईहरुलाई समेत उनीहरु बेवास्ता गरी रहेकाछन् । यो संवेदन हीनता आजको कांग्रेसको बुढा पुस्ताले ईन्कार गर्नै सक्दैन त्यसै कारण उनिहरु संमृद्घ होईन बृद्घ बनाउनमै तल्लीन हुन्छन् । संमृद्घ असंभव भएकाहरुलाई जनताले विश्वास नगरेका हुन् भन्नेको कमी छैन । अब त जनताको मानशिक स्तरमा के मात्र विकशित भएको छ भने उनीहरुको राजनीती सिर्फ ब्यापार गर्ने पुँजी नभएर आफु र आफन्तहरुलाई के कसरी सेटल्मेन्ट गर्ने भन्ने कुराले घोत्लीई रहँदा राजनीती गर्ने र यसैलाई कमाई खाने भाँडो बनाएर सहज र सजिलो जीवनयापन गर्नकै लागी मात्र रहेछ भन्ने सम्मको छाप जनमानसमा परि सकेको छ । यद्यपी सोही उद्येश्य लिएर शुरुवाती नगरीएता पनि माथी उल्लेखित् भ्रम पैदा हुनुमा नेताहरु नै दोषी छन् । अस्तु !!