प्रदेश ३ मा १ र २ को तुलनामा बढी बजेट आउने भएको छ । यो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले शुक्रबार ३ बजे बस्ने प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् । मन्त्री ढुङ्गेलले ४० अर्बको हाराहारीमा बजेट आउने प्रतिकृया दिएका छन् ।
यो प्रदेश सुशासन प्रवद्र्धन, आर्थिक विकास, कृषिको आधुनिकीकरण, व्यवसायिकरण र विविधीकरण, पर्यटन विकास, पूर्वाधार विकास, गुणस्तरीय शिक्षाको प्रवद्र्धनलगायतका शीर्षकमा बढी बजेट छुट्याएको बताइएको छ ।