काठमाडौँ । एनआईसी एसिया बैंकले सर्वाधिक उच्च ब्याजदरसहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ ।
धनवर्षा मुद्दती निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधासहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको हो ।
यस अघि पनि बैंकले सञ्चालनमा ल्याएको धनवर्षा मुद्दती निक्षेप योजना ग्राहकमाझ अत्यन्त लोकप्रिय भएको बैंकको दाबी छ ।
यस योजनाअन्तर्गत देशभर रहेका एनआइसी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने छ । साथै एक वर्षको अवधिको लागी खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा सुविधासमेत उपलब्ध गराउन सकिने छ ।
एनआईसी एसिया २१८ शाखासहितनिजी क्षेत्रको सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंकको रुपमा रहेको छ । साथै २१० एटिएमसहित मुलुककै सबैभन्दा ठुलो एटिएमसञ्जालभएको बैंक बन्न सफल पनि भैसकेकोे छ ।
समग्रमा १४ वटा विस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५,५०० भन्दा बढि रेमिट्यान्स पेमेण्ट एजेण्ट (प्रत्यक्ष एबं अप्रत्यक्ष समेत गरि) सहित ५,९५१ भन्दा बढि भौतिक सञ्जालमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।