कैलाली, प्रदेश नं ७ को आज बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७५÷७६ को प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत गरी प्रदेश प्रमुखमार्फत प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।
बैठकले ७ नं प्रदेशको लागि प्रदेश सहकारी विधेयक, २०७५ तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले बताउनुभयो ।
त्यसैगरी बैठकले जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । रासस