बर्दिवास, महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता व्यावसायिक पूmलखेती निकै फस्टाएको छ । पछिल्ला केही वर्षयता बजारमा फूलको माग बढ्दै गएपछि यहाँ यो खेती फस्टाउँदै गएको हो । पूmल घर वरिपरि सजावटका लागिमात्र लगाइने गरेकामा अहिले यहाँका महिलाले व्यावसायिक रुप दिन थालेका हुन् ।
दुई वर्षअघि करेसा वरिपरिको पूmलबाटै राम्रो आम्दानी पाइएपछि त्यसयता लगातार पूmलखेती बढाउँदै यसपालि दुई कट्ठामा पु¥याइएको भङ्गाहा नगरपालिका–४ की रामपरी महतोले बताउनुभयो । “परार घर वरिपरि १०० वटा जति सयपत्री पूmलका बोट थिए”, महतोले भन्नुभयो, “चाडपर्व, विवाह÷व्रतबन्ध र वर्षैभरि आयोजना हुने धार्मिक पूजाआजा र अनुष्ठानका लागि बाह्रै महिना पूmल खोज्न आउँछन् । अनि पूmल खेती बढाएकी हुँ ।” पोहोर सालदेखि त व्यापारी नै पूmल खोज्दै आफ्नो बस्ती आउन थालेका महतोको भनाइ छ ।
त्यसैगरी बर्दिवास नगरपालिका–७ मनहरीपुरकी गृहिणी बिना खत्रीले पनि दुई वर्षयता पूmल खेती बढाउँदै लानुभएको छ । “पहिले पहिले त घरको शोभा र यसो घरमै पूजाआजा गर्न केही बोट पूmल लगाउने गरेकी थिए”, खत्रीले भन्नुभयो, “पोहोर तिहारताका व्यापारी घरै आएर नसोचेको रकम दिँदै पूmल मागेपछि त खेती नै गरौँ भन्ने लागेर दुई कट्ठाजतिमा फूल लगाउन थालेकी हुँ ।” यसपालि त असोज पहिलो सातामा भएको स्थानीय तहको चुनाव, तिहार, मंसिरको चुनाव र भर्खरै बितेको महाशिवरात्रि पर्वमा गरी पूmलबाटै रु २५ हजारभन्दा बढी रकम लिइसकिएको खत्रीको भनाइ छ ।
कुनै व्यावसायिक प्रयोजनबिना नै शोभाका लागि लगाइएको घर करेसाको मखमली, सयपत्री र गोदावरीसहितका पूmलले घरै बसीबसी दुई÷चार हजार आम्दानी बनाइदिएको घरायसी काममै व्यस्त रहने गृहिणी महिलाको भनाइ छ । यसपालि असोजयता हालसम्म पूmल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ५० वटाजति बोटका सयपत्री पूmलबाट रु सात हजार रकम दिइसकेका बर्दिवास–२ की पवित्रा खड्काले बताउनुभयो । पूmल त आम्दानीकै स्रोत हुने बुझेपछि पवित्रासँगै उहाँका छिमेकीले पनि अब व्यावसायिक रुपमै पूmल खेती गर्ने निर्णय गरेका छन् । “चाडपर्वका बेला राम्रो आम्दानी हुने रैछ, अब त राम्रो थुँगा फुल्ने सयपत्रीका बिरुवा समयमै ल्याएर लगाउँछु”, पवित्राकी छिमेकी गायत्री शर्माले भन्नुभयो, “यसपालि एक कट्ठामा पूmल लगाउने तयारी गरेकी छु ।”
अचेल पूmल खोज्ने ग्राहकको ग्रामीण बस्तीमा लर्को नै देखिने गरेको छ । जिल्लाका बस्ती बस्तीमा पूmल खोज्न हिँड्ने व्यापारीले दिनहुँजसो पूmल काठमाडाँै पठाइने गरिएको बताएका छन् । तराईमा विवाहमा दुलहा चढ्ने गाडी सजाउन पूmलका मालामा निकै खर्च गर्ने चलन बाक्लिएको छ जिल्लाकै पूmल व्यापारी जितु भण्डारी मालीले भन्नुभयो, “विवाहका लगन बाक्लिएसँगै पूmलको माग बढ्छ, त्यस्तो बेला ओरपर नै पूmल पु¥याउन धौ–धौ पर्छ, अरु बेला राजधानीतिर पठाइन्छ ।”
खासगरी तिहारलगायतका पर्वमा पूmल खोज्नेहरुले मोलमोलाई नगरिकनै राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिनेगरी फूल खेती गर्न आफ्नो बस्ती÷टोलका सबैजसो गृहिणी महिला अग्रसर देखिएका भङ्गाहा नगरपालिका–५ की कमला गिरीको भनाइ थियो ।
जिल्लामा पूmलको व्यावसायिक खेती गरिने पूर्वचलन नभए पनि चार÷पाँच वर्षयता व्यावसायिक रुपमै पूmलखेती गरिन थालिएको छ । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजन हुने धार्मिक अनुष्ठान एवम् पूजाअर्चनालाई लक्षित गरी यसको व्यावसायिक खेती शुरु गरिएपछि जिल्लामा थप एउटा आर्जनको बाटो खुल्न लागेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत ओमप्रकाश बिराजीले बताउनुभयो ।
दश नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह रहेको जिल्लामा पछिल्ला पाँच वर्षयता हाल बलवा नगरपालिकाको धमौरा, बनौटा, बन्चौरी र पडौल बस्तीमा भने किसानले व्यावसायिक रुपमै पूmल खेती गर्दै आएका कार्यालयले जनाएको छ । ती बस्तीमा उत्पादित पूmलको गुणस्तर राम्रो भएकाले त्यहाँको उत्पादन व्यापारीको रोजाइमा पर्ने गरेको बताइन्छ । खासगरी यी बस्तीमा उत्पादित पूmल राजधानी काठमाडौँसहित विभिन्न शहरमा पुग्ने गरेको किसान र जिल्ला कृषि विकास कार्यालयले जनाए ।
पछिल्लो पटक पूmलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ संकलनमा सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको संख्या ह्वात्तै बढेको वरिष्ठ कृषि विकास अधिकृत बिराजीले जानकारी दिनुभयो । पूmलखेतीबारे रुचि देखाउनेमा महिलाको संख्या अधिक रहेको कार्यालयले जनाएको छ ।
–गोपालप्रसाद बराल