राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ९३ को उपधारा (१) बमोजिम फागुन २१ गते सोमबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रिय सभाको निर्वाचन गर्न समय लागेपछि प्रतिनिधिसभाको निर्वाचन सकिएको तीन महिनापछि संसद अधिवेशन बस्न लागेको हो । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनबाट प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ प्रतिनिधिसभा सदस्य निर्वा्चित भएका छन् ।
५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये ५६ जना निर्वा्चित भइसकेका छन्। तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।