काठमाडौँ, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीको संसदीय दलको नेतामा चयन हुनुभएको छ ।
अध्यक्ष ओली आज पार्टी संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको हो ।
एमाले केन्द्रीय कार्यालयमा आज अध्यक्ष ओलीलाई पार्टी नेता माधवकुमार नेपालले संसदीय दलको नेतामा प्रस्ताव गर्नुभएपछि उहाँ सर्वसम्मत रुपमा नेता चयन हुनुभएको हो ।
संसदीय दलको बैठकलाई सम्बोधन गर्नुहुँदै दलका नेता एवं नवनियुक्त प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादित भएर संसद बैठकमा प्रस्तुत हुन र संसदमा उठाउने विषयहरुमा पर्याप्त जानकारी राख्न निर्देशन दिनुभएको प्रतिनिधिसभा सदस्य तथा एमाले नेता भानुभक्त ढकालले जानकारी दिनुभयो । उहाँले देशको हितलाई सर्वोपरी राखेर आफूले काम गर्ने बताउनु भयो ।
नेकपा (माओवादी केन्द्र)को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका अध्यक्ष ओलीले आजै अपराह्न प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ ।