नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ओली यससँगै दोस्रोपटक देशको प्रधानमन्त्री भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको हो । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । नवनियुक्त प्रधानमन्त्री ओलीले आजै सपथ लिँदैछन् ।