![k|sfz bfxfn :d[lt v]ns'b e/tk'/df cfOtaf/b]lv cfof]hgf u/]sf] k|yd k|sfz bfxfn :d[lt /fli6«o v]ns'b k|ltof]lutfsf] pb3f6g ;df/f]xdf af]Nb} g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn . t:jL/ M gf/fo0f clwsf/L, lrtjg, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2018/02/1518344378369_NA_Chitwan_20180211_nn2-150x150.jpg)
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, स्थायित्व र विकासका लागि राजनीतिक दलबीच एकता जरुरी भएको बताउनु भएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) द्वारा यहाँ आयोजित संयुक्त लोछार कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “जनताको अपेक्षा र इतिहासको आवश्यकताअनुसार समृद्धिका लागि दलीय एकता आवश्यक छ । अन्य विषयमा आ–आफ्ना मुद्दा हुन सक्छन्, समृद्धिका लागि भने सबै नेपालीको ऐक्यबद्धता आवश्यक छ ।”

अध्यक्ष दाहालले मुलुकको समग्र पर्यटन प्रवद्र्धनका लागि समयसापेक्ष नीतिगत सुधार र पूर्वाधार विकासमा आगामी सरकारले विशेष प्राथमिकता दिने विश्वास दिलाउनुभयो ।
टानका अध्यक्ष नवराज दाहालले पर्वतीय पर्यटन र पदयात्रा पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले पर्यटन पूर्वाधार विकासमा जोड दिँदै गुणस्तरीय सेवाका लागि सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभयो ।
























