![/fli6«o ;'/Iff uf]i7L k|wfgdGqL s]kL zdf{ cf]nL /Iff dGqfno / /fli6«o ;'/Iff kl/ifbåf/f ;+o'Qm?kdf laxLaf/ sf7df8f}Fdf cfof]hgf u/]sf] /fli6«o ;'/Iff uf]i7Ldf ;Daf]wg ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/11/माओवादी_केन्द्र_समाप्त_हुने_ओलीको_चेतावनी4015-225x150.jpg)
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको स्थायित्वका लागि वाम गठबन्धन गरिएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले छ–छ महिनामा सरकार फेरिने प्रवृतिको अन्त्य गर्नका लागि गठबन्धन कायम गरिएको स्पष्ट पार्नुभयो ।
निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने उहाँको भनाइ छ । उहाँले निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरी देशको विकास र जनताको अधिकार ग्यारेन्टी गर्नेसमेत जिकिर गर्नुभयो ।
पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा अध्यक्ष ओलीले पार्टी एकताको आधारहरु तयार भइसकेको र अब घोषणा हुनमात्र बाँकी रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले हिंसाको बाटो समातेको नेकपा माओवादी (विप्लव)लाई प्रश्रय दिनेगरी नेपाली काँग्रेस लागिपरेको आरोप लगाउनुभयो ।
उहाँले दाङ जिल्लालाई नमूना जिल्ला बनाउने जिम्मा वाम गठबन्धनले लिने भन्दै त्यसका लागि नआत्तिन काँग्रेसलाई आग्रह गर्नुभयो ।

























