Download as zipDownload

![Joj:yflksf ;+;bsf] ah]6 clwj]zgsf] cGTokl5 ;~rf/sdL{x?;Fu s'/f ub}{ ;efd'v ;'jf; g]Dafª . tl:a/ M /Tg >]i7, /f;; .](http://www.margadarsannews.com/wp-content/uploads/2017/11/1498111695Subash-Nemwang-226x150.jpg)
इलाम, नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याई सरकार बनाउने बताउनुभएको छ ।

इलामको फाकफोकथुम गाउँपालिकास्थित सुर्केमा आज भएको चुनावी सभामा उहाँले वाम गठबन्धनले सिंहदरबारको अधिकार गाउँ–गाउँ पु¥याउने बताउनुभयो । वर्षाैंदेखि विकासका पूर्वाधारबाट वञ्चित जनताका लागि नयाँ कार्यक्रम ल्याउने बताउँदै उहाँले वाम गठबन्धनको सरकारले मुलुकको आर्थिक समृद्धिको योजना ल्याउने बताउनुभयो ।
देशमा स्थिरता कायम भएमा मात्र विकास निर्माण हुने बताउँदै उहाँले स्थिरता कायम गर्न र विकास निर्माणलाई समुचित ढंगले अघि बढाउन वाम गठबन्धनलाई विजयी गराउन मतदातासँग आग्रहसमेत गर्नुभयो । कार्यक्रममा वाम गठबन्धनका प्रदेशसभा २ (ख)का उम्मेदवार धिरेन्द्र शर्माले पनि बोल्नुभएको थियो ।
























