‘
टोखा नगरपालिकामा प्रचलनमा रहेका जात्रा पर्व तथा प्राचीन सम्पदालाई अन्तर्राष्ट्रिय तहमा पु¥याउने उद्देश्यले ‘संस्कृति सम्पदादेखि पर्यटन विकाससम्म’ अभियान शुरु गरिएको छ ।
सो नगरपालिकामा नेपालको सबैभन्दा ठूलो भीमसेनको मूर्ति, नारायण मन्दिर, डबली, प्राचीन बस्ती, लाखेनाच, विस्केटजात्रा, रोपाइँ जात्रालगायत पर्वको संरक्षण गरी तिनको महत्वलाई विदेशमा फैलाउने उद्देश्यले सो अभियान प्रारम्भ गरिएको हो ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले प्राचीन सभ्यताका विभिन्न पक्ष रहेको उक्त स्थानमा रहेका सम्पदाको संरक्षण गरिनेमा जोड दिंदै विभागले रु ३२ लाखको लागतमा नारायण मन्दिरको जीर्णोद्धार सुरु गरिएको जानकारी दिनुभयो ।
टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले यहाँ उत्पादित चाकु , परम्परागत वेशभूषा तथा संस्कृतिलाई अन्तर्राष्ट्रिय तहमा पु¥याउन सकेमा पर्यटक आकर्षित गराउन सकिने बताउनुभयो ।
पर्यटन बोर्डका सदस्य कृष्ण अर्याल, स्थानीय समाजसेवी मनिलाल डङगोललगायतले प्राकृतिक स्रोत र साधनले भरिएको उक्त क्षेत्रमा सरकारले चासो नदिएकाले व्यवस्थापन हुन नसकेको गुनासो गर्नुभयो ।
प्रत्येक वर्ष गाईजात्राका भोलिपल्ट मनाइने ‘रोपाइँजात्रा’ समेत आज सम्पन्न भएको छ । जात्रामा केटाले केटीको तथा केटीले केटाको भेषमा ब्यांग्य, प्रहसन गर्दै स्थानीय गाउँ तथा नगर परिक्रमा गरिएकोे थियो ।