भारतीय जनता पार्टीका नेता एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीेले भारतमा हालै भएको निर्वाचनमा भाजपाको जीत भनेको नयाँ भारत निर्माणको आधार हो भन्नुभएको छ ।
उहाँले भन्नुभयो– “भारतीय जनता पार्टीको यो जीत नव भारत निर्माणका लागि एक आधार हो । भारतमा भएको विधान सभाको निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत प्राप्त गरेको एक दिनपछि प्रधानमन्त्री मोदीको यो धारणा आएको हो” ।
भारतीय राज्य उत्तर प्रदेशमा भारतीय जनता पार्टीले प्रचण्ड बहुमत हासिल गरेको छ । सो निर्वाचनमा भारतीय जनता पार्टीेले प्राप्त गरेको सो मतका विषयमा भारतमा पनि व्यापक मात्रामा चर्चा भएको छ ।
यो नवभारत निर्माणका लागि ठूलो एक अवसर हो र जहाँ देशका करिब ६५ प्रतिशत युवा नागरिक बस्छन् । त्यस्तो देशमा नवयुवालाई सेवा दिने र नव भारत निर्माणका लागि पनि यो जनमत एक ठूलो अवसर हो र त्यही अवसरका रुपमा लिनुपर्छ ।
भारतीय जनता पार्टीको केन्द्रीय कार्यालय, नयाँ दिल्लीमा आज आयोजित विजय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नव भारतको निर्माण अब भारतीय जनता पार्टीको नेतृत्वबाट मात्र सम्भव छ भन्नुभयो ।”
नव भारतमा भारतका तमाम युवाहरुको आकांक्षा हो भन्दै यसले भारतमा महिलाको विकास र उनीहरुमाथिको लगानीलाई सुनिश्चित गर्ने धारणा राख्नुभयो ।
आफ्नो पार्टीलाई भोट दिउन वा नदिउन भारतीय जनता पार्टीको नेतृत्वको सरकारकारले भारतका समग्र युवाहरुको बृत्ति विकासका लागि कामगर्ने धारणा उहाँले राख्नुभयो ।
भारतीय राज्य उत्तर प्रदेशको सो निर्वाचनमा भारतीय जनता पार्टीको अभूतपूर्व विजय भएको थियो । सो निर्वाचनमा ४०३ स्थानमध्ये उक्त दलले ३१२ स्थानमा विजय हासिल गरेको थियो ।
यो जितका विषयमा भारतमा व्यापक मात्रामा चर्चा भएको छ । भारतीय जनता पार्टीको यस निर्वाचनमा भएको विजयमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीको जसका रुपमा प्रचार गरिएको छ । रासस ÷सिन्ह्वा