राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका वित्तमन्त्री अरुणकुमार जेट्लीले आज साँझ राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटका अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको पनि उपस्थिति थियो । मन्त्री जेट्ली यहाँ जारी ‘नेपाल लगानी सम्मेलन’मा भाग लिन आजै अपराह्न काठमाडौँ आउनुभएको हो । रासस