प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले मानार्थ उपरथी दर्जामा पदोन्नती हुनु भएका नेपाली सेनाका सूचना अधिकारी एवं प्रवक्ता सहायक रथी तारा बहादुर कार्कीलाई सोमबारे जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच मानार्थ उपरथी दर्जाकोे दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । सैनिक सेवा नियमावली २०६९ मा व्यवस्था भए अनुसार नेपाली सेनाका साधारण तर्पmका सहायक रथी तारा बहादुर कार्कीको कार्यदक्षता एवं उहाँले संस्थाप्रति पु¥याउनु भएको विशेष योगदानको आधारमा सिफारिस भए अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय बमोजिम उहाँलाई मानार्थ उपरथी दर्जाकोे दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
साथै सोही समारोहमा महासेनानी (पाईलट) कुमार रायमाझीलाई प्रधान सेनापति क्षत्रीले सहायक रथी दर्जाको दज्र्यानी चिन्ह समेत प्रदान गर्नु भएको छ ।