देशको अर्थतन्त्र कतातिर गई रहेको छ ?
हुन त हामी व्यवसायी वर्ग जुन अवस्थाबाट गुज्रिरहेका छाँै, देशको अर्थतन्त्र दिशाहिन र अलपत्र अवस्थामा गुज्रिरहेको देखिन्छ । राजनितिक अस्थिरताले गर्दा देशको अर्थतन्त्रलाई डो¥याउने जिम्मा उद्यमी व्यवसायीको काँधमा आएको छ । गएको धेरै समयदेखिको राजनीतिक अस्थिरताले गर्दा हामी व्यवसायी वा हाम्रो अर्थतन्त्र कुन बाटोबाट अगाडि बढ्ने भन्ने अन्योल छ । यसै भन्न नसकिने अनिश्चिित भविष्यको वातावरणमा हामी व्यवसायी गुज्रिरहेका छाँै । तर पनि उद्योगी व्यवसायी भनेको लिनेभन्दा दिने वर्ग हो । जहिले पनि केही गरेर अर्थतन्त्रलाई हामीले अड्याउनु परेको छ । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म हरेक कुनाकाप्चाका उद्यमी व्यवसायीहरुले राजनीतिक अस्थिरता, युद्ध र द्वन्द्वको बेलामा पनि देशको अर्थतन्त्रलाई बचाएर राखेको हो । राजनीतिक दलहरुले जहिले पनि इकोनोमिक एजेण्डालाई साइड लाउने गर्दै आएका छन् । अहिलेको राजनीतिक अस्थिरतालाई हेर्दा हामी कहाँ पुग्छाँै भन्न सक्ने अवस्था छैन ।
लगानीको वातावरण बन्न नसक्नुको मुख्य कारण हे ठान्नुभएको छ ?
लगानीको वातावरण नहुुनुको कारणमा एउटा त राजनीतिक अस्थिरता नै हो । साथसाथै यहाँ हामीसँग भएको पुर्वाधारका कुरालाई हेर्ने हो भने चाहे बिजुलीको कुरा होस् चाहे बाटो, चाहे श्रमिक आपुर्तिका कुरा वा श्रमिक समस्या, चाहे नीतिगत कुरा होस् हामीकहाँ ती पुर्वाधार अपर्याप्त छन् भनाँै अनुकुल छैनन् । यस्तो अवस्थामा पनि हामी व्यवसायी बर्गले आफुले कमाएको सम्पत्ति धितोमा राखेर काम चलाउनु परेको छ । किनभने उद्योग खोल्नु भनेको आफै बन्धक हुनु जस्तै ठान्ने खालको नीति छ यँहा । चले पनि नचले पनि टिकाउ खालको नीति छैन । लगानीको वातावरण त छैन तर हामी नेपाली उद्यमी व्यवसायी आफैले केही नगर्ने हो भने विदेशी लगानीकर्ता पनि आउँदैनन् । त्यसैले हामी समस्याका बीचमा नै अगाडि बढाउँदै छाँै ।
तपाई त उद्योग बाणिज्य महासंघको अध्यक्ष पनि भइसक्न भएको मान्छे, वर्तमान कार्यसमितिले जुन भुमिका खेल्नुपर्ने हो त्यो खेलेको जस्तो लाग्छ ? महासंघमा राजनीतिक रंग कत्तिको महसुस गर्नुभएको छ ?
हो म अध्यक्ष भएँ, मेरो कार्यकाल कति सफल भयो वा भएन भन्ने कराको मुल्याकंन मैले होइन अरुले गर्नुपर्ने कुरा हो तर म सर्वसम्मतिबाट महासंघको अध्यक्ष चुनिइसकेपछि म सबैका लागि नै अध्यक्ष बन्ने मौका पनि पाएँ । त्यो मेरा लागि एउटा सौभाग्य पनि हो । र त्यतिबेला मैले सबैको सरसल्लाह र अग्रजहरुको योगदानलाई समेत कदर गरेर एकताबद्ध हुने वातावरण बनाइयो र काम गरियो । धेरै कुरा गरियो पनि । त्यो मेरो जीवनको स्वर्णिमकाल नै हो भन्छु ।
अब आजको दिनमा राम्रो भयो भएन भन्नुभन्दा पनि जति–जति पछिल्ला दिन आउँदै छन् त्यहाँ प्रतिस्पर्धाहरु भईरहेका छन् । उद्यमी व्यवसायी बर्गमा पनि फुट्ने र फुटाउने काम भई नै रहेको छ । संघसंस्थाहरु राजनीतिक दल जस्तै टुटिरहेका छन् । व्यवसायिक वर्गमा पनि त्यसको केही न केही असर त परेकै छ । हामीले आपसमा एकबद्धताका कुरा राख्न नसक्नु पनि एउटा कारण हुन सक्छ यस्तो हुनुमा । मलाई के लाग्छ भने अहिलेका केही राजनीतिक दलहरुले पनि यसलाई अलिकति राजनीतिकरण गराउने गरेको देखिन्छ । हन त मेरो कार्यकालमा पनि अलि –अलि यस्तो हुने नगरेको होइन तर अहिले अझ बढी नै देखिएको छ । यस्तोमा हामीले कुनै पार्टीको झण्डा बोक्ने काम गर्न पनि हँुदैन । हामीले स्वच्छ सोच निःशर्त र निस्वार्थ भावले आफ्ना क्रियाकलाप गर्ने हो भने र नचाहिँदो ठाउँमा कतै झुक्ने काम पनि नगर्ने हो भने हाम्रो इज्जत आर्फँै राख्न सक्छाँै । अहिले चाहिँ कताकता हामीमा त्यस्तो कमजोरी हो की भन्ने आभास भइरहेको छ ।
पञ्चकन्या समुहले ४४ आँै बार्षिकोत्सव मनाएको छ । ४० बर्षमा यसले जुन सफलता पाएको छ । यसको रहस्य के हो ?
व्यापारीको परिवारमा जन्मिसके पछि व्यापार र उद्योग गर्नु भनेको रगतमै आइसकेको हुन्छ । मेरो बुवा प्रेम बहादुर श्रेष्ठ ले नै यो समुहको जग बसाल्ने काममा राम्रो सफलता हाँसिल गरेपछि हामीले इँटा थप्ने काम गरेका हाँै । यसमा राज वा रहस्यभन्दा पनि मुख्य कुरा हाम्रो सोचको कुरा हो । हाम्रो सोचाईमा नै नेपाल र नेपालीलाई नै बनाउनुपर्छ भन्ने छ र उदाहरण बन्न र बनाउनु हो । साथै समय परिस्थितीअनुसारको हाम्रा ग्राहकको माग र चाहानाअनुसारको बस्तुहरु उपलब्ध गराउन सक्नु हाम्रो सफलताको कारण हो । त्यो पनि आयात गरेर होइन, उत्पादन गरेर उपलब्ध गराउनु उद्योगी व्यवसायीको नाताले कर्तव्य नै हो । अरुको देखासिकी गर्ने सोच हाम्रो कहिल्यै रहेन । हाम्रो त नारा नै सँधै एक कदम अगाडि भन्ने छ । पञ्चकन्याले जे जति उत्पादन गरेको छ त्यो धेरै जसो सधँै पहिलो हुन्छ । प्रोडक्टर म्यानुफ्याक्चरिङ्गमा हामीले धेरै बस्तु प्राय ः पहिलो नै उत्पादन ग¥याँै । अर्काे हाम्रो सफल हुने सोच के भने गुणस्तर र मापदण्डको प्रमाणपत्रका साथै बजारमा पनि हामी पहिलो नै भएका छाँै । स्टिलमै भन्नोस् आइसओ देखि लिएर एमएस सर्टिफिकेटदेखि लिएर क्वालिटी अवार्ड पनि पञ्चकन्याले नै पाएको हो । यसले पनि के दर्शाउँछ भने हामी क्वालिटीमा कहिल्यै सम्झौता गर्दैनाँै र ग्राहकहरुको विश्वास जित्ने र साथसाथै डिलरसिप नेटवर्क पनि देशभर बनाइसकेका छाँै । समयको मागअनुसार हामीले परिवर्तन गर्ने र साथै ऋणदातालाई पनि समयमा व्याज बुझाएर गुडविल कमाएका छाँै । यसकारण पनि हामी लगानी गर्न नहिच्किचाई सफलता साथ अगाडि बढेका छाँै ।
पञ्चकन्याका कति प्रोडक्ट छन् अनि यसमा थप गर्ने योजना छ कि छैन ?
हामीसँग ८/१० ओटा उद्योग छन् । प्रोडक्टहरुमा हाम्रो लगानी हाइड्रोपावरदेखि स्कुल, हस्पिटल, ट्रेडिङमा पनि छ । हाम्रो सोच हरेक बर्ष कुनै न कुनै नयाँ प्रोडक्ट ल्याउने हो । यो क्रममा हामी अगाडि बढिरहेकाछाँै । जारी पनि छ । नेपालमा उत्पादन नभएको कुनै न कुनै वस्तु हरेक बर्ष ल्याउँदै जाने हाम्रो व्यवसायिक लक्ष्य बनेको छ ।
तपाँई उद्योग व्यवसायमा त हुनुहुन्छ नै साथै दक्षिण अफ्रिकाका लागि महावाणिज्य दुत पनि हुनुहुन्छ, त्यसमा कुटनीतिक क्षेत्रको अनुभप चाहिँ कस्तो छ ?
दक्षिण अफ्रिकाको मानार्थ महावाणिज्य दुत हुँदा मैले त्यो देश र नेपालको धेरै समस्या समान रहेको पाएँ तर त्यँहाका नेता नेल्सन मण्डेलाले राजनीतिमा जस्तो भुमिका निर्वाह गरे त्यसबाट नेपाली राजनीतिज्ञहरुले सिक्नुपर्ने अनुभव मलाई भएको छ । नेल्सन मण्डेलाको उदाहरणबाट नेपालको धेरै समस्या हल हुन सक्छन् ।
दक्षिण अफ्रिकाको रंगभेदको समस्या र त्यसले गर्दा भएको रक्तपात र युद्धलाई हेर्ने हो भने दक्षिण अफ्रिकामा अहिले काला गोरालाई मिलाएर राख्ने वातावरण बनाउन नेल्सन मण्डेलाको उदाहरण नेपालमा अनुकरणिय हुन्छ । अनरेरी कन्सुलर जनरलको हैसियतले म यँहाका राजनीतिज्ञहरुलाई एकपटक दक्षिण अफ्रिका लगेर त्यँहा कसरी शान्ति स्थापना भएको थियो भन्ने देखाउन पहल गर्दैछु ।
नेपाल र दक्षिण अफ्रिकामा व्यापारको सम्भावना कत्तिको छ ?
दक्षिण अफ्रिकामा धेरै नै प्राकृतिक स्रोत छ । सुनलगायतका धेरै खानीहरु छन् र सञ्चार पनि राम्रो छ । दक्षिण अफ्रिका अफ्रिकी देशहरुमध्ये सबैभन्दा विकसित देश हो त्यो देश हामी भन्दा धेरै माथि छ । बन्यजन्तु संरक्षण र पर्यटनमा पनि त्यो देश निकै अगाडि छ । नेपालमा पनि प्राकृतिक स्रोतसाधन धेरै छन् तर उपयोग हुन सकेको छैन । तसर्थ सहकार्य हुन सक्यो भने कमसेकम बन्यजन्तु संरक्षणको क्षेत्रमा सहकार्य भयो भने पनि पर्यटनको पनि विकास हुने भयो । उद्योग व्यापार क्षेत्रमा पनि त्यँहाको पेय पदार्थ वाइन देखि लिएर एयरलाइन्सका लागि आवश्यक पार्टपुर्जाको व्यापार पनि हुन्छ । नेपालबाट कार्पेट, पस्मिना र ह्याण्डिक्र्याफ्टको निर्यातको सम्भावना छ । अहिलेको नेपालको राजदुतावास नै त्यँहा खुलिसकेको छ ।
एक्काइसाँे शताव्दीको अर्थतन्त्रन कस्तो हुनुपर्छ ?
हामीले एक्ला एक्लै बसेर बाँच्छौ भन्ने दिन गइसके । कुनै पनि व्यक्ति वा राष्ट्र एक्लै आत्मनिर्भर बन्न सक्तैन । कुनै पनि देशसँग सम्बन्ध नराखी म अगाडि बढ्छु भन्नु देशका लागि अहिले दिवास्वप्न हुन्छ । देशहरु एक आपसमा निर्भर हुन्छन् । एक्काइसाँै शताब्दीको सोच भनेको विश्वव्यापीकरण नै हो । आ–आफ्ना देशका साँस्कृतिक विशेषताअनुरुप परस्पर निर्भरताका साथ म भन्नुभन्दा हामी भन्ने भावनाले अगाडि बढ्नुपर्छ ।
एक्काइसाँै शताब्दीमा हामी नेपालले आफ्ना प्राकृतिक स्रोत रहेको पानीका लागि झगडा हुन सक्छ । खाद्यान्नका लागि नयाँ सोच नराख्ने हो भने भोकमरीको पीडा पनि भोग्नपर्ने हन्छ ।