शिक्षा तथा समाजसेवा मार्फत आफ्नो व्यक्तित्व र आफु वरिपरिका समाजलाई समेत बदल्न सकिन्छ भन्ने उच्चतम चेतनाका साथ कुनै क्षेत्रमा कार्यरत एक सकारात्मक अभियन्ताको नाम हो श्रीमती मञ्जु कार्की लामिछाने । करिब ४ दशक देखि शिक्षा क्षेत्रमा कार्यरत श्रीमती लामिछानेको जन्म ललितपरको जाउलाखेलमा भएको हो । बाल्यकाल र उच्च शिक्षा दुबै भारतबाट नै आर्जन गर्नुभएकी लामिछानेले आफ्नो कर्मथलो भने नेपाललाई नै बनाउनुभयो । नेपालकै चर्चित एवं प्रसिद्ध शिक्षण संस्था सेन्ट जेभियर्स स्कुल जाउलाखेलमा अंग्रेजी शिक्षिकाको रुपमा आफ्नो सेवा प्रारम्भ गर्नुभएकी लामिछाने हाल दर्जनभन्दा बढी सामाजिक संस्थाहरुमा आबद्ध हुनुहुन्छ ।
काठमाण्डौ उपत्यकाको तीब्रतर विकासक्रम २०३४ साल बाट भएको मानिन्छ । लामिछानेले १७ बर्षको कलिलो उमेरदेखि नै समाजसेवाको क्षेत्रमा अधिकांश जीवनलाई समर्पित गर्नुभएको हो । आजभन्दा चार दश अगाडि नेपालका महिलाहरुसमेत मानव संसाधनको क्षेत्रमा कार्य गर्न सक्छन् भन्ने सामाजिक मानसिकता स्थापित भई नसकेको अवस्थामा देखापरेका विविध चुनौतीहरुको सामना गर्दै समाजसेवी लामिछानेले आफ्नो अध्यापन कार्य सुरु गर्नुभएको थियो । महिलाहरुलाई दोस्रो दर्जाको नागरिक ठान्ने तत्कालिन सामाजिक विभेद विरुद्ध सदैव आफुलाई फरक ढंगले उभ्याउन रुचाउने सामाजिक व्यक्तित्व लामिछानेले निजी क्षेत्रको लगानीमा सञ्चालित एफ.एम रेडियोको प्रणेता नै मान्न सकिन्छ । लामिछानेकै पहलमा नेपालमा पहिलो एफ.एम. रेडियो स्टेशन क्लासिक एफ.एम. को प्रारम्भ भएको थियो । सूचना र सञ्चारको क्षेत्रमा महिलाहरुको सहभागिता उल्लेख्य नभएसम्म समाज रुपान्तरण गर्न सदियाँै कुर्नुपर्ने मान्यता राख्ने सामाजिक व्यक्तित्वकी धनी लामिछानेले १० बर्ष अगाडि क्लासिक एड्भरटाइजिङ रिसर्च एण्ड टे«डिङ सेन्टर खोलेर सूचना तथा सञ्चारको क्षेत्रमा उल्लेख्य एवं उच्चस्तरको योगदान पु¥याउँदै आउनुभएको छ ।