प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनको पिपुल्स लिवरेसन आर्मी वेष्टर्न कमाण्डका डेपुटी चिफ अफ स्टाफ मेजर जनरल छो जीनसङ्ग आर्मी हेडक्वाटरमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
उक्त भेटघाटका क्रममा प्रधानसेनापति तथा नेपाली सेनाका अन्य उच्च पदस्थ अधिकृतबीच द्विपक्षिय आपसी हित तथा पारस्परिक सहयोग सम्बन्धका विषयमा छलफल भएको थियो, छि जीनसङ्गको नेतृत्वमा १५ सदस्यीय भ्रमण टोली क्षेत्रीय भ्रमणको सिलसिलामा फागुन ८ गते नेपाल आएको थियो । उक्त टोली नेपाल भ्रमण सम्पन्न गरी फागुन १० गते भारत प्रस्थान गर्ने छ ।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।