संविधान संशोधनको विषय कहाँ पुग्यो ?
अहिलेको आवश्यकता भनेको निर्वाचन हो । संविधानले आगामी २०७४ माघ ७ गते भित्रै तिनै तहको निर्वाचनको ग्यारेण्टी गरेको छ । यदि त्यो समयसिमा भित्र निर्वाचन हुन सकेन भने मुलुकमा गम्भिर संबैधानिक संकट आउँछ, र मुलुक अराजकता र द्वन्द्वमा फस्छ । म त्यतापटी जान चाहन्न म सकारात्मक सोच भएको व्यक्ति हुँ त्यसैले निर्धारित समयसम्म निर्वाचन हुनुपर्छ भन्नेमा म विश्वस्त छु ।
२०७४ सालको माघ ७ भित्र तिनै तहको निर्वाचन सम्भव छ ?
हुनुपर्छ, नभए मुलुक द्वन्द्वमा जान्छ त्यसको जिम्मेवार अहिलेको सरकारले लिनुपर्छ । यदि निर्वाचन गराउन नसक्ने भए तत्काल सरकार छाड्नुपर्छ । अरुलाई पनि गर्न नदिने र आफुले पनि नगर्ने परिपाटीका कारण मुलुकले यो नियती भोग्नुपरेको छ । यदि सरकारमा ईच्छाशक्ति हुने हो भने तिनै तहको निर्वाचन सम्भव छ , तर सरकार उल्टो बाटो हिँडिरहेको छ । त्यसैले आम जनता निर्वाचन हुन्छ भन्नेमा संशकित छन् ।
निर्वाचन भए एमालेको स्थिती के हुन्छ ?
आगामी निर्वाचनमा नेकपा एमाले मुलुकको पहिलो शक्तिको रुपमा आउँछ । एमालेले लिएको अडान नेपाल र नेपालीको हितमा छ । त्यसैले एमाले नेपाली जनताको मनमनमा बसेको अर्थात नेपाली जनताको ढुकढुकी बनेको छ । नेपालको राष्ट्रियता, स्वाधिनता, सार्वभौमिकता, अखण्डता, यी चीजहरुको रक्षा गर्नु नेकपा एमालेको बटम लाईन हो । त्यसमा पार्टीलाई एकढिक्का बनाएर पार्टी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियताको पक्षमा चट्टान झँै उभिनु भएको छ । र केपी ओली एमालेको मात्रै होईन सिङ्गो नेपाल र नेपालीको राजनेता हो ।
एमाले पहिलो शक्ति हुन्छ भन्नु भयो कसरी ? तराईमा एमाले कमजोर भयो भनिन्छ नि ?
त्यो सत्य होइन । सत्य के हो भने सबै भन्दा बलियो तराई मधेशमा हो एमाले । गएको निर्वाचन हामीले ४० सिट पत्यक्षमा जितेका छाँै । आउने निर्वाचनमा हाम्रो सिट संख्या बढ्छ । केपी ओली नेतृत्वको सरकारले सबैभन्दा राम्रो विकासको योजना तराईमा दिएको हो । त्यसमा पनि प्रदेश नम्बर २ मा बढी के कुरा बुझ्नु प¥यो भने तराई÷मधेशका जनता विवेकशिल र चेतनशिल छन् त्यसैले उनीहरुले सबै राजनीतिक दलको गतिविधिलाई नजीकबाट निहालिरहेका छन् र पार्टीले पनि फागुन २१ गते देखि मेची महाकाली राष्ट्रिय जनजागरण अभियान संचालन गर्दै छ । तराईका जनतामाझ एमाले कती लोकप्रीय छ त्यो जनसहभागिताले थाहा पाउनु नै हनेछ ।
तपाईका पछाडि केही व्यक्ति हात धोएर नै लागे नी ?
म भोजपुर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुँ अर्थात जनताबाट अनुमोदित मान्छे हुँ । मेरो कार्यशैली व्यवहारलाई मन पराएर पार्टी नेतृत्वले मन्त्री सम्म बनायो त्यसमा मेरो सबैप्रति सम्मान छ । मेरो शालिनता, इमान्दारिता, उन्नती प्रगति देखि इष्र्या, डाहा गरेर मरो कसैले चरित्र हत्या गर्छ, मेरो कुरा काट्छ भने त्यो उनीहरुको संकिर्ण र दुषित मानसिकताको उपज हो । जसको बुद्धीले जे भ्याउँछ त्यसले त्यही गर्ने हो । मलाई कसैको विरोध गर्नु पनि छैन र त्यस्तो मेरो स्वभाव पनि होइन । यस प्रसङ्गमा माओले भन्नु भएको छ – पावर र पदको विरोध वा समर्थन हुन्छ । यो संसारको नियम हो । मुलकका लागि केहि राम्रो काम गर्छु भन्नेको यँहा विरोध हुन्छ । म राजनीति मार्फत देश र जनताको सेवा गर्न हिँडेको व्यक्ति हुँ त्यो भोजपरका जनतालाई राम्रोसँग थाहा छ ।
केहि मिडिया तपाईको विरोधनमा लागे नी ?
मेरो विरोधनमा मिडिया लागेको होइन । मेरो उन्नती प्रगती भएको देख्न नचाहनेहरुले मिडियामा प्रचारवाजी गरेका हुन् । मिडियाले समय आएपछि आफै थाहा पाउँछन् , को सहि को गलत ? फेरी मिडियाले व्यक्तिको चरित्र हत्या गर्नु र अरुलाई प्रताडित बनाउनु पत्रकारिताको धर्म हो ? पत्रकारिताको आचार संहिता भित्र पर्छ ? मिडियाकर्मीहरु जिम्मेवार हुनुपर्छ । संचारकर्मीहरुले आफ्नो भुमिकालाई बिर्सनु हुँदैन , पत्रकारितालाई बदनाम बनाउने काम पत्रकारिता क्षेत्रबाटै भइरहेको छ । यो दुःखद् कुरा हो ।
नेपालमा व्यवसायिक र मर्यादित पत्रकारिता नभएको हो ? तपाईलाई के लाग्छ ?
पत्रकारिता क्षेत्र राष्ट्रको चौथो अंग हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गरेका राम्रा नराम्रा कामहरुलाई जनता सामु पु¥याउने माध्यम हो पत्रकारिता, त्यसैले पत्रकारितालाई Fourth State भनिन्छ । जसले Watch Dog को काम गर्छ । यती शक्तिशाली क्षेत्र व्यक्तिको चरित्रहत्या गर्नतिर लाग्ने हो की मुलुकका राष्ट्रिय एजेण्डाहरुलाई उठाएर मुलुकलाई समृद्धतिर लाने हो ? पत्रकारिता क्षेत्र बौद्धिक क्षेत्र हो जसले लेखेका र बोलेका कुरामा आम नागरिकले विश्वास गर्छन्, जुन व्यवसायिक, मर्यादित र संवेदनशील हुनुपर्छ । समाचार सत्य तथ्य परक हुनुपर्छ पत्रकारिताले फुटाउने होइन जुटाउने काम गर्नुपर्छ । पत्रकारिताले समस्या होइन समाधान दिनुपर्छ । पत्रकारिताले राष्ट्रियता, स्वाधिनता, सार्वभौमसत्ता, अखण्डता, धार्मिक सहिष्णुता, मानवअधिकार, शान्ति, विकास र जनजिविकाका सवालमा जनचेतना फैलाउने, सम्पुर्ण नेपालीलाई एकताको सुत्रमा बाँध्ने काम पत्रकारिताले गर्नुपर्छ । तर केही मिडियाहरु पत्रकारिता क्षेत्रलाई दुषित र विकृत बनाउन लागे, त्यो पत्रकारिता क्षेत्र र हाम्रा लागि पनि विडम्बना हो ।