अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पुर्व अतिरिक्त महानिरिक्षक ऋषभदेब भट्टराई विरुद्ध अकुत सम्पत्ती आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर भएको छ । भट्टराइले एक करो ९१ लाख ३६ हजार ८ सय ८१ रुपैयाँ भष्ट्राचार गरेको ठहरसहित मंगलबार विशेष अदालतमा मुद्धा दायर भएको छ । मुद्धामा उनकी श्रीमती भावना गौतम विरुद्ध समेत भष्ट्रचारको मुद्धा दायर भएको छ । विगत लामो समय देखी मार्गदर्शनखबर पत्रिकाले उनले गरेको भष्ट्राचार विरुद्धमा विभिन्न समाचारहरु प्रकाशन गर्दै आइरहेको थियो । यत्रो अकुत सम्पत्ती कमाउदा पनि सम्बन्धित निकायले कारबाही नगरेको भन्दै अख्तियार माथि प्रश्न चिन्ह खडा गरेको थियो । तर आज भट्टराईलाई ढिलै भएपनि अख्तियारले मुद्धा दायर गरेको छ । उक्त कार्य प्रसंशायोग्य छ । मुद्धा दायर पछि बिशेष अदालतले उनलाई धरौटीमा रिहा गरेको छ । स्मरण रहोस् उनी आर्मी मिशनमा गएको बेला गोली गट्ठा बेचेको आरोपमा आर्मीबाट कारबाहीमा परेका व्यक्ति हुन् । कारबाही पछि उनी सशस्त्र प्रहरी बल तिर हानिएका हुन् । र हाल बाबुराम भट्टराईको नयाँशक्ति पार्टीमा आवद्ध भएका छन् ।