काठमाण्डौ तराई जोड्ने फस्ट ट्रयाक नेपाल सरकारले नै बनाउँछ भन्ने कुरा मन्त्री लेखकले आइतवार संसदको विकास समिति र अर्थ समितिको सिंहदरवारमा बसेको संयुक्त बैठकमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री लेखकले “फास्ट ट्रयाक” नेपाल सरकारले नै बनाउने जानकारी दिएका छन् । भारतीय कम्पनीसँगको निर्माण सम्झौता रद्ध पछि सरकारलाई आफ्नै लगानीमा फास्ट ट्रयाक बनाउने बाटो खुलेको छ । यसको लागि योजना आयोगले गृहकार्य थालेको जानकारी पनि मन्त्री लेखकले दिए । स्मरण रहोस् यसअघिको केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय गौरवको योजनाहरु नेपालले नै बनाउने भन्दै गृहकार्य गरेको थालेको थियो ।