डा.गोविन्द के.सी.को पटके अनशनलाई साथ दिने र के.सीले उठाएको माग सम्बोधन गर्दै जानेहो भने चिकित्सा क्षेत्रमा अझ अन्योल कायम हुने निश्चित छ । डा. के.सी. कारण स्वदेशमा संचालनमा आएका र मापदण्ड पुगेकालाई सम्बन्धन नदिने हो भने नेपाली विद्यार्थी विदेश गएर महंगो शुल्कमा एम.वि.विएस पढ्न बाध्य हुनेछ । त्यो बाध्यता डा.के.सीले गराउँदैछन् । विदेशी मेडीकल कलेजबाट र स्वदेशका केही कन्सलटेन्सी, एजेन्सीहरुबाट मोटो रकम खाएर स्वदेशमा संचालन भएका कलेजलाई नयाँ सम्बन्धनबाट वन्चित गराउने काममा लागेको डा.के.सीको पटके अनशनको धम्की दिँदा सरकार डराउनु हुँदैन । हजारौ विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने काम डा. के.सी.ले गरेका छन् । मापदण्ड पुरा गरेको मनमोहन मेडिकल कलेजलाई पनि सम्बन्धन दिनु हुँदैन भनेर डा.के.सी.ले अनशन बसेको थिए । अनशनको राजनीतिले चिकित्साक्षेत्र समाप्त पार्ने योजनामा छन् के.सी. । कसलाई उपकुलपति, कसलाई डिन बनाउने कुरा के.सी.लाई सोध्नु पर्ने ? को हुन् के.सी.? सरकार र सम्बन्धित मन्त्रालय भन्दा बाहिर गयो चिकित्साक्षेत्र यो दुर्भाग्य हो ।
मेची अञ्चलको एउटा धरोहरको रुपमा उदाउँदै गरेको झापा विर्तामोड स्थित सुविधासम्पन्न र मापदण्ड पुरा गरेको वि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिए अनशन बस्छु भन्नु कति न्यायोचित हो ? कोशी लगायत भारतको नर्शइष्ट राज्यहरुबाट पनि विरामी वि एण्ड सी मेडिकल कलेजमा आउन थालेका छन् । यदि सम्बन्धन दिए भारतीय विद्यार्थीहरुपनि वि एण्ड सी मेडिकल कलेजमा पढ्न आउन सक्छन् । भारतीय पैसा नेपालमा ठुलो मात्रामा भित्रिन सक्छ, यतातिर डा.के.सी.ले ध्यान दिनु पर्छ ।