प्रधानसेनापति राजेन्द्र क्षत्रीले संविधान संशोधनलाई लिएर जुनसुकै बेला पनि परिस्थिती विग्रन सक्ने भएकाले तयारी अवस्थामा रहन मातहतका सबै प्रमुखलाई निर्देशन दिएका छन् ।
जंगी अड्डामा ७ र ८ गते चलेको पृतनापति समन्वयानत्मक बैठकमा भएको विद्यमान परिस्थितीको मुल्याङ्कन पछि आउन सक्ने जुनसुकै चुनौती समाधान गर्न सक्ने गरी सम्पुर्ण कुराहरु तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । तपाइहरुले मुलुकको हितलाई ध्यानमा राखेर तालिम तथा बन्दबस्तीको तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । नेपाली सहायक रथी एव्म प्रवक्ता तारा बहादुर कार्कीले आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे पृतनापतिहरुले प्रधानसेनापतिलाई बिस्तृत ब्रिफिङ्ग गरेको जानकारी दिएका छन् । तराई प्रादेशिक राजधानी जस्ता विषयले स्थानियस्तरको सुरक्षा व्यवस्था विग्रन सक्ने र त्यसबाट मुलुकको अखण्डतामा आँच आउन नदिन सेना चनाखो र सचेत रहनुपर्ने पनि बैठकमा सहभागिहरुले सुझाव दिएको प्रवक्ता कार्कीले बताउनु भयो ।