हुम्लामा बाढीले बगायो विद्यालय भवनसहितका संरचना
हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ। एक्कासी असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि बगाएको चङ्खेली –५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए ।