निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रधान सेनापतिको विशेष निर्देशन
काठमाडौं । महाशिवरात्रि तथा २६३औँ सेना दिवसको अवसरमा शनिबार जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्दै सेनाका बहालवाला तथा अवकाशप्राप्त सकलदर्जा, सेनामा कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना व्यक्त गरेका छन ।