सोमबार रातिदेखि बाढीमा फसेका चारजनाको सकुशल उद्धार
नेपालगञ्ज । दुई दिनदेखि लगातार परेको वर्षाका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चारजनाको सकुशल उद्धार गरिएको छ । बाँकेकाे डुडुवा गाउँपालिका-४ का चारजना स्थानीय सोमबार बेलुका राप्ती नदीको बीच भागमा वनकरेली टिप्न गएका बेला पानीको सतह बढेपछि रातभर जंगलमै बस्नु परेको थियो ।