सशस्त्र प्रहरी आईजीपीको निर्देशनः निर्वाचन सुरक्षा कमजोर हुन नदिनु
काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचन सुरक्षामा कुनै पनि प्रकारको कमी कमजोरी हुन नदिन मातहतका निकायलाई कडाइका साथ निर्देशन दिएका छन्। विभिन्न कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हाल्न लागेका अधिकृतहरूलाई निर्देशन दिँदै उनले निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई प्रभावकारी