राइड सेयरिङका १७५ चालकलाई ट्राफिकको कारबाही
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १७५ जना चालकलाई कारबाही गरिएको छ । उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि उनीहरूलाई कारबाही गरिएको कार्यालयले