दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइँदै
काठमाडौं । आज शनिबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजा/भाइटीका मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ