श्रेष्ठलाई अध्यक्ष घोषणा गरेपछि एमाले मकवानपुरमा असन्तुष्टि
मकवानपुर । एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । तर, अध्यक्षका अर्का आकांक्षी बद्री लम्सालले एकपक्षीय रूपमा अध्यक्षसहितको टिम घोषणा भएको भन्दै असन्तुष्टि जनाएका छन् । एमाले मकवानपुरको ११औं जिल्ला अधिवशेनमा लम्सालको पनि अध्यक्षमा उम्मेद्वारी थियो ।