जापान निर्वाचन : सत्तारुढ दलको ऐतिहासिक जित
काठमाडौँ । जापानमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री साने ताकाइचीको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले ऐतिहासिक जित हासिल गरेको छ। बीबीसीका अनुसार जापानको प्रतिनिधि सभाका कुल ४६५ सिटमध्ये एलडीपी एक्लैले ३१६ सिट जितेको हो। जबकि बहुमतका लागि २३३ सिट भए पुग्छ