मूल्य वृद्धिविरुद्ध राजधानीमा अखिल क्रान्तिकारीको प्रदर्शन (फोटोफिचर)
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राजधानीमा प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारीले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो । ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर’लगायतका प्लेकार्ड बोकेर अखिल क्रान्तिकारीले विरोध प्रदर्शन