राष्ट्रपतिद्वारा न्यायाधीशमा निरौला र पाण्डेय नियुक्ति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्ति गर्नुभएको छ । राष्ट्रपति पौडेलले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश पाण्डेयलाई आज न्यायाधीशमा नियुक्ति गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ