सरकारको त्रुटिपूर्ण निर्णयको प्रतिरक्षा गर्दा अपजस बेहोर्नुपरेको छ : नायब महान्यायाधिवक्ता घिमिरे
काठमाडौँ । नायव महान्यायाधिवक्ता कृष्णजिवी घिमिरेले सरकारका त्रुटिपूर्ण निर्णयको प्रतिरक्षा गर्दा सरकारी वकिलले अपजस बेहोर्नुपरेको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका त्रुटिपूर्ण निर्णय र अनुसन्धानमा हुने ढिलाइका कारण पनि