आज धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस नेपालभर विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक भगवान् धन्वन्तरीको अवतार जयन्ती । आज धन्वन्तरी जयन्तीका साथै नेपालभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय आरोग्य दिवससमेत मनाइँदै छ । कात्तिक त्रयोदशीका दिन आयुर्वेदका प्रणेता भगवान् धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ