शंकर पोखरेलले सार्वजनिक गरे – आफ्नो राजनीतिक यात्रा र आगामी योजनासहितका प्रतिबद्धता
काठमाडौं । नेकपा एमालेका महासचिव तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र दाङ–२ का उम्मेदवार शंकर पोखरेलले दाङको समग्र विकासलाई राष्ट्रको नेतृत्वकारी तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजनीतिक यात्रा र आगामी योजनासहितका प्रतिबद्धता सार्वजनिक गरेका हुन्।